back
stc
prabhu insurance

डीआईजीमा बढुवा सशस्त्रका ४ एसएसपीलाई सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ४ जना डीआईजी पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बुधवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ ।

सो रिक्त पदमा श्रेष्ठ सहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।