back
stc
prabhu insurance

नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमतीपत्र बनाउने कार्यमा संलग्न रहेको अभियोगमा रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भई ललितपुर गोलभट्टा बस्ने २८ वर्षीय प्रकाश घर्ति मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी विभिन्न बर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न मगरलाई ‘बी’ बर्गको सवारी चालक अनुमतीपत्रलाई ‘ए, बी, एफ र जी’ बर्गको नक्कली सवारी चालक अनुमतीपत्र बनाई प्रयोग गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।