दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दलविर विक पक्राउ
काठमाडौं । दुबइ पठाइदिन्छु भन्दै नगद ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रुकुम सानीभेरी गाउँपालिका–२ स्थाई वतन भई काठमाडौं सामाखुसी बस्ने ३१ वर्षीय दलविर विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ बस्ने ३० वर्षीय पुरूष समेतलाई दुबईमा मासिक ६० हजार रुपैयाँ तलव हुने गरी सेक्युरिटीगार्डमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
वि.सं.२०७९ फागुन १० १७:५९




















