साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख २ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रूपैयाँले घटेर एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार १५ रूपैयाँले घटेर १ हजार २६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ फागुन १४ ११:१५



















