back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।बैंकले आजका लागि तोकेको दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, आज बैंकले तय गरेको अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ ०८ पैसा र बिक्री दर १३९ रुपैयाँ ७१ पैसा रहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ शून्य पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।