महिला चालकदलका टिमले काठमाडौंमा सुरक्षित अवतरण
काठमाडौं । नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक ८ मार्च २०२३ (अन्तर्राष्ट्रिय महिला दिवस) मा निगमको उडान नम्बर आर.ए. २३० दुवई–काठमाडौं उडान सम्पूर्ण महिला चालकदलका सदस्यहरु (Cockpit Crew / Cabin Crew को टिमले काठमाडौंमा सुरक्षित अवतरण गरेको ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान चालकदलका सदस्यहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती तथा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्वागत गर्नुभएको थियो ।

उक्त उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को–पाइलट श्रृजना रावत, आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी, र अनिशा प्रजापति रहेका थिए ।
हाल निगममा कुल ९ जना महिला पाइलट रहेकामा १ जना A330, ४ जना A320 र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् । यसैगरी निगममा कार्यरत १४५ क्याविन क्रू मध्ये ९६ जना महिला क्याविन क्रू रहेका छन् ।
यसअघि नेपाल वायुसेवा निगमको विमानबाट२०७९/११/२१ मा पहिलो पटक पाइलट भावना गिरी पन्त र को–पाइलट श्रृजना रावत, दुई महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं दुवई सरक्षित उडान गरेर निगमकै इतिहासमा दुई महिला पाइलटहरुले अन्तर्राष्ट्रिय उडान गरेका थिए ।

वि.सं.२०७९ फागुन २४ १२:३५




















