भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ ।
जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ ।
निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्य अनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १७५ रुपैयाँमा रहेको छ ।
वि.सं.२०७९ चैत २ १७:०५




















