back
stc
prabhu insurance

१४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन आज हुँदै

काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुं) निर्वाचन हुँदै छ । त्रिवि अन्तर्गतका क्याम्पसमा आज निर्वाचन हुन् लागेको हो । ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

स्ववियु निर्वाचन अन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ । स्ववियु निर्वाचन विगत १४ वर्षदेखि हुन सकेको थिएन ।