back
stc
prabhu insurance
nabil

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवं रेडियो नेपालकी लोकप्रिय समाचारवाचक कृष्णा ताम्राकारको बिहीबार राति निधन भएको छ ।

केही दिन यता निमोनियाको उपचारका लागि न्युरो अस्पतालमा भर्ना हुनु भएकी ८६ वर्षीया ताम्राकारको उपचारकै क्रममा निधन भएको हो ।

रेडियो नेपालबाट  सञ्चार जगतमा प्रवेश  गर्नुभएकी ताम्राकार  लोकप्रिय समाचारबाचक हुनुहुन्थ्यो । आफ्नो पेशाका अन्तिम दिनहरुसम्म पनि सञ्चारकर्ममा सक्रिय हुनुहुन्थ्यो ।

ईमेज एफएम ९७.९ मा उहाँले उज्यालो नामको कार्यक्रम सञ्चालन गरिरहनु भएको थियो ।विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय हुनुहुन्थ्यो ।