एकै पटक १८० चिनियाँ पर्यटक काठमाडौँमा, पर्यटन मन्त्रीद्वारा स्वागत
काठमाडौँ । एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौँ आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वागत गर्नुभएको छ ।
बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आगमन कक्षमै पुगेर मन्त्री किराँती सहितको टोलीले स्वागत गर्नुभएको हो ।
चिनियाँ पर्यटनलाई चिनियाँ राजदूत र नेपाल पर्यटन बोर्डका कर्मचारीले समेत स्वागत गरेको थियो । कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७९ चैत ३० १०:०७




















