बरिष्ठ फोटोपत्रकार हरि गोपाल प्रधानलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ‘प्रबल जनसेवाश्री’ पदकद्वारा सम्मानीत
काठमाडौं । बरिष्ठ फोटो पत्रकार एवं गीतकार हरि गोपाल प्रधान ‘सुप्रबल जनपथश्री’ पदकद्वारा सम्म्मानीत भएका छन् ।
२०७९ सालको संविधान दिवशको अवसरमा तत्कालिन सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभिन्न पुरस्कार र सम्मान घोषणा गरेकी हुन् ।
सो क्रममा समाजसेवा तथा फोटो पत्रकारिता क्षेत्रमा रहेर देशप्रति पुर्याएको योगदानको कदर गर्दै बरिष्ठ फोटो पत्रकार प्रधानलाई ‘सुप्रबल जनसेवाश्री’ पदक प्रदान गरिने घोषणा गरिएको हो । यस पटक फोटो पत्रकारिता मार्फत यो सम्मान पाउने हरि गोपाल प्रधान एक्लो व्यक्ति हुन् ।

झण्डै चार दशकदेखि फोटो पत्रकारितामा सक्रिय प्रधानले गीतिकारिता मार्फत ३ पटक वल्र्ड बुक रेकर्डमा नाम राख्न सफल भएका छन् ।
आफू राष्ट्रपतिको बाहुलीबाट ‘सुप्रबल जनसेवाश्री’ पदकद्वारा सम्मानीत हुने भएपछि हरि गोपाल प्रधानले भने, ‘मेरो लागि यो खुशीको कुरा हो, उक्त सम्मानले मेरो चार दशक लामो फोटो पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर भएको महशुस गरेको छु ।’
वि.सं.२०८० वैशाख ३ ०९:२७




















