साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठलाई नियुक्त गरिएको छ । हिजो चैत्र २७ गते सोमबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले कर्पोरेसनकै सञ्चालकको रुपमा काम गर्दै आएका प्रदीपलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
विगत आठ वर्षदेखि कर्पोरेसनको संचालकको रुपमा कार्य गर्दै आएका श्रेष्ठले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

वि.सं.२०७९ चैत २७ ०६:५५



















