back
prabhu insurance
himalayanlife

भारत सरकारको अनुदान सहयोग अन्तर्गत कार्यान्वयन हुने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउनका लागि भारतीय राजदूतावास, काठमाडौं तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भयो । यी दुई परियोजनाको कूल अनुमानित लागत नेरु. ८.०३३ करोड रहेको छ ।

यी दुई परियोजनाभित्र रामेछाप जिल्लाको मालागिरी शान्ति योगाश्रम र डोटी जिल्लाको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस रहेका छन् ।

यी दुई परियोजनाको निर्माण क्रमशः रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिका मार्फत कार्यान्वयन गरिनेछ ।

यी परियोजनाको निर्माणले स्थानीयवासीहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा तथा शैक्षिक सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।