back
stc
prabhu insurance

‘मिसेस नेपाल वर्ल्ड’ प्रतियोगिताका लागि आवेदन खुला

काठमाडौँ। विवाहित नारीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ यस वर्ष पनि हुने भएको छ।रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिनुभयो।

मिसेस नेपाल वर्ल्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने उहाँले बताउनुभयो।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल वर्ल्डको विजेताले यही वर्षको अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन्।

त्यसै गरी मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेतालाई सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताका लागि अवसर मिलाइएको छ।

विवाहित सुन्दरीहरूलाई अश्विनी झाले कोरियोग्राफी गर्दै हुनुहुन्छ भने विभिन्न विषयका विज्ञबाट नियमित तालिम र प्रशिक्षण दिइने छ।

गङ्गा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भदौ १८ देखि हुने छ। प्रतियोगितामा सहभागी हुन आगामी भदौ १६ सम्म आवेदन दिन सकिने आयोजकले जनाएका छन्।