back
stc
prabhu insurance

शनिबार राति पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौं । शनिबार राति पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार न्यून चापीय प्रणाली क्रमश भारतको बिहारबाट नेपालतर्फ सरेकाले भारी वर्षाको सम्भावना रहेको हो।

“भारतको विहारमा रहेको न्यून चापीय मनसुनी प्रणाली नेपालतर्फ सरेको छ। त्यसैले मनसुन थप सक्रिय बन्ने देखिन्छ,” उहाँले भन्नुभयो, “राति पाँच प्रदेशका अधिकांश स्थानमा अति भारी वर्षा हुने देखिन्छ भने अन्य प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने देखिन्छ।”

सोमबारसम्म मनसुन सक्रिय हुने उहाँको भनाइ छ। धेरै वर्षा हुने भएकाले बाढी तथा पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ। स–साना नदीमा पानीको बहाब बढ्ने भएकाले सतर्कता अपनाउन उहाँको आग्रह छ।