back
stc
prabhu insurance

काठमाडौं महानगरपालिकाका सडकमा २ हजार स्मार्ट बत्ती जडान हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका पुरानो पोलका सबै बत्ती हटाएर २ हजार ८५ वटा स्मार्ट बत्ती जडान शुरू गरेको छ । हाल कामपाभित्रका अधिकांश पोलका बत्ती बल्दैनन् ।

कामपा शहरी पूर्वाधार विकास विभागका निर्देशक रामबहादुर थापाले वडा कार्यालय, निजी साझेदारी कार्यक्रम र अन्य निजी क्षेत्रले जडान गरेका सबै बत्ती हटाएर नेपाल विद्युत् प्राधिकणको सहकार्यमा स्मार्ट बत्ती जडान शुरू गरेको जानकारी दिनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हाल भइरहेका पोलमा नयाँ बत्ती जडान गर्नेछांै, पोल नभएका स्थानमा नयाँ पोल राखेर स्मार्ट बत्ती बाल्नेछौं । आगामी माघसम्ममा सबै स्थानमा झिलिमिली हुने आशा गरेका छौं ।’

कामपाले पोल आवश्यक पर्ने स्थानमा नयाँ पोल राख्न शुरू गर्दै करिब ३ सय पोल थप्ने तयारी थालेको छ । तर, प्राधिकरणको ढिलाइका कारण बत्ती जडानमा समस्या भइरहेको टिप्पणी गर्दै निर्देशक थापाले भन्नुभयो–‘तैपनि माघ महिनाभित्र नयाँ २ हजार ८५ वटा स्मार्ट बत्ती जडान गर्नेगरी काम भइरहेको छ ।

कामपाको बजेटमा घोषणा भएअनुसार १२ करोड रुपियाँको लगातमा स्मार्ट बत्ती जडान गर्न लागिएको हो ।’ उहाँले सेन्सर जडित स्मार्ट बत्तीले सडक बत्तीको गुणस्तर तथा सडकको सौन्दर्यलाई एक रूपता कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

यसका लागि कामपाले ६० र प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने गरी कामपा, प्राधिकरण र सडक विभागबीच २०७७ साल मंसिर २५ गते सम्झौता भएको थियो ।

प्राधिकरणले सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकी, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान गर्न शुरू गरेको कामपाको भनाइ छ ।

कामपाको अधिकार क्षेत्रभित्र पर्ने ६० किलोमिटर क्षेत्रमा बत्तीको महसुल कामपाले तिर्नेगरी सम्झौता भएको छ । कामपाले लैनचौरदेखि महाराजगञ्ज, माइतीघर मण्डलादेखि बागबजार, शीतल निवास, सिनामङ्गल, अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमल पोखरी र चाबहिलदेखि जोरपाटी लगायत विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका, स्वयम्भु, बौद्धनाथलगायतका क्षेत्रमा स्मार्टबत्ती जडान गर्न लागिएको कामपाले जनाएको छ ।

कामपाले बाँकी रहेका सबै स्थानमा स्मर्ट बत्ती दोस्रो चरणमा जडान गर्ने तयारी गरिरहेको छ । सोलार र अन्य बत्तीभन्दा बढी चम्किलो र स्वचालित प्रणालीको आधारमा बत्ती निभ्ने र बल्ने व्यवस्था छ । कामपाको गौरवको योजनाअन्तर्गत यी सडक बत्तीबाहेक बाँकी सबै सडकमा बत्ती तीन वर्षभित्र बत्ती जडान गर्न ३० करोड रुपियाँ खर्च छुट्ट्याएको छ ।

प्राधिकरणले यसअघि ललितपुरको पुल्चोकलेखि जावलाखेल हुँदै भैंसेपाटी, पुल्चोकदेखि मंगलबजार, ग्वार्कोदेखि ललितपुरको लुभुसम्म स्मार्ट बत्ती जडान गरिसकेको छ । उ

पत्यका उज्यालो कार्यक्रमअन्तर्गत स्थानीय तह र प्राधिकरणको सहकार्यमा स्मार्ट बत्ती जडान शुरू गरेको हो ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।