back
prabhu insurance
himalayanlife

एमालेको चियापान कार्यक्रम आज

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गरेका छन्। दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्न लागेका हुन्।

हिजो (मंगलबार) गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ। चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई पनि एमालेले निम्ता गरेको छ।