back
prabhu insurance
himalayanlife

एक अर्ब बिस करोड रुपियाँ पुनर्कर्जा लगानी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तमा एक अर्ब २० करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९५ अर्ब ६२ करोड रुपियाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ७८० ऋणीलाई प्रवाह भएको एक खर्ब ३६ अर्ब तीन करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ३२३ महिला उद्यमीलाई प्रवाह भएको ५६ अर्ब ५८ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार ६५५ ऋणीको तीन अर्ब एक करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० भदौ मसान्तमा ५८ करोड ४५ लाख रुपियाँ बक्यौता रहेको छ ।

दस खर्बभन्दा बढी अन्तरबैङ्क कारोबार

आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा वाणिज्य बैङ्कको नौ खर्ब २४ अर्ब ४२ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैङ्कबाहेक) को एक खर्ब ५६ अर्ब ३८ करोड गरी कुल १० खर्ब ८० अर्ब ८० करोडको अन्तरबैङ्क कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको पाँच खर्ब ८० अर्ब ५२ करोड र अन्य वित्तीय संस्थाको ६७ अर्ब छ करोड गरी कुल छ खर्ब ४७ अर्ब ५८ करोडको अन्तरबैङ्क कारोबार भएको थियो ।