back
stc
prabhu insurance

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं। आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६४ रुपैयाँ रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ २९ पैसा रहेको छ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।   कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ।