back
prabhu insurance
himalayanlife

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।

आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए।