back
stc
prabhu insurance

श्रेष्ठ ॐ हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.को २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरू मध्येबाट वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको हुन् ।

हस्पिटलका सञ्चालकहरूमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन् ।