back
stc
prabhu insurance

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । चैत्र २३ गते सम्पन्न साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा भएको छ ।

चैत्र ८ गतेसम्म शेयर अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गराइएको हो । सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको पनि क्रमशः डिम्याट खातामा बोनस शेयर जम्मा गराइने कर्पोरेशनले जनाएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूलाई भने कम्पनीले शेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ ।

तत् पश्चात् बोनस शेयर स्वतः डिम्याट खातामा जम्मा हुने कर्पोरेशनले जनाएको छ । कर्पोरेशनको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था भईसकेको छ ।

साथै, कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस शेयर र नगद लाभांश कम्पनीको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन आउन समेत आग्रह गरिएको छ ।