back
stc
prabhu insurance

आज मंगलबार सुनको भाउ स्थिर

काठमाडौं । आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।