back
prabhu insurance
himalayanlife

महसुल नतिर्ने उद्योगको लाइन तीन महिनाका लागि जोडिएको हो :घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगको लाइन तीन महिनाका लागि जोडिएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा घिसिङले बोर्ड बैठकको निर्णय अनुसार तीन महिनाका लागि विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको भन्दै त्यसपछि पनि बक्यौता नतिरे आवश्यक प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

अदालत र लेखा समितिको आदेश अनुसार नै प्राधिकरणले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापतको बक्यौता रकम उठाउन खोजेको उनको भनाइ छ ।

घिसिङले डेडिकेटेड र टंक लाइन उपयोग गरेबापत अधिकांश उद्योगहरुले बिल अनुसारको रकम तिरिसकेको भन्दै केहि उद्योगहरुको बाँकी रहेको जानकारी दिए । साथै, डेडिकेटेड लाइनको बिलिङमा कुनै समस्या नरहेको उनले उल्लेख गरे ।