back
prabhu insurance
himalayanlife

नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता

काठमाडौं । नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ। शनिबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय बागबजारमा दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. अनिलविक्रम कार्की र अमेरिका नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. राजेश पोखरेलले हस्ताक्षर गरेका हुन्।

स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र पेशागत विकासको क्षेत्रमा सहयोग गर्नेगरी दुई संस्थाबीच सम्झौता भएको हो।

दुई संस्थाबीच चिकित्सा क्षेत्रका पेशाकर्मीहरु, अनुसन्धानकर्ता, प्राध्यापक तथा शिक्षकहरु र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुको आदान–प्रदान गर्ने, अनुसन्धानका कार्यमा सहकार्य गर्ने, निरन्तर पेशागत उन्नयन सिएमइ), ज्ञान, सीप तथा चिकित्सा क्षेत्रका नविनतम् सूचनाहरु आदानप्रदान गर्ने लगायतका विषयमा सम्झौता भएको सम्झौता पत्रमा उल्लेख छ।