back
stc
prabhu insurance

माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेका छन्।

प्रहरी टोलीले एटीएम फुटाउँदै गर्दा उनलाई फलामको रडसहित फेला पारेको थियो। पक्राउ परेका उनलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।