back
stc
prabhu insurance

सुशील ज्ञवाली लगानी बोर्डको सीईओमा नियुक्त

काठमाडौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले सिइओ पदमा आवेदन खुलाएको थियो।

सिइओका लागि आठ जनाको आवेदन परेको थियो। जसमध्येबाट सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव छोटो सूचीमा परेका थिए।

त्यसमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाइएकामा ज्ञवाली सिइओ नियुक्त भएका हुन्।

ज्ञवाली नगर विकास कोषका पूर्वकार्यकारी निर्देशक हुन्। त्यस्तै उनी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ पनि थिए।