back
prabhu insurance
himalayanlife

बजारमा आज सुन मूल्य बढे कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजारमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।