back
prabhu insurance
himalayanlife

नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त भएका छन्। धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंसिर १३ गतेदेखि लागू हुने गरी प्रवक्तामा घिमिरेलाई नियुक्त गरेका हुन्। धितोपत्र बोर्डमा उनी उपकार्यकारी निर्देशक छन्।

यसअघि धितोपत्र बोर्डमा प्रवक्ताको भूमिकामा कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए।करिब ११ महिनापछि धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको हो। मन्त्रिपरिषदको बैठकले गत मंसिर १० गते श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो।

छनौट समितिले धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठसँगै डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम पनि सिफारिस गरेको थियो। तर, नवराज र मुक्तिनाथलाई पछि पार्दै श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन्।