back
stc
prabhu insurance

अरुण भ्याली हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले १९ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ७३४/९८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्री गरेर १४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबापत ३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। विद्युत बिक्रीको आम्दानी पनि ३४१.२६ प्रतिशतले बढेको छ।

कम्पनीको अन्य आम्दानी पनि बढेर समीक्षा अवधिसम्म १८ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म अन्य आम्दानी १५ करोड २९ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ३ अर्ब ८४ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा २२ करोड २ लाख रुपैयाँ छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ८ करोड २६ लाख रुपैयाँ थियो। अन्य इक्विटी २०८र८१ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १०.०९ रुपैयाँ, पीई रेसियो २४.६५ गुणा र प्रतिशेयर नेटवर्थ १०५.७२ रुपैयाँ रहेको छ।