back
stc
prabhu insurance

काम पूरा नगर्ने १६ कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले समयमै तोकिएको काम पूरा नगर्ने १६ कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको काम तोकिएको अवधिमा पूरा नगरेपछि ती १६ कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

कार्यालयले १२ वटा कम्पनीलाई १ वर्ष, एउटा कम्पनीलाई डेढ वर्ष, दुईवटा कम्पनीलाई २ वर्ष र एउटा कम्पनीलाई ३ वर्ष अवधिका लागि कालोसूचीमा राखेको छ।

कालोसूचीमा राखेको अवधिसम्म ती कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैननन्।