back
stc
prabhu insurance

कालिञ्चोक दर्शन लिमिटेडको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको ६०,००,००० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

कालिञ्चोक दर्शन लिमिटेडको रजिष्टर्ड कार्यालय पिंगलास्थान, गौशाला, काठमाडौंमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेल कालिञ्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।