back
stc
prabhu insurance

बजारमा आज बुधबार सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । पछिल्ला दिन लगातारजसो बढेर कीर्तिमानी मूल्य कायम गरेको सुन आज तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

जसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ । यता, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।