back
prabhu insurance
himalayanlife

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसँग सहकार्य गरि विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

बैंकले मिति २०८२/०१/११ गते विहिबारका दिन कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसंग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन के.सी. को समुपस्थिति सम्पन्न उक्त औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एवं कुवेत स्थित अल मुजैनि एक्चेन्ज का महाप्रवन्धक Mr. Hugh Fernandes ले सम्झौता एकआपसमा हस्तान्तरण गरेका हुन् ।

कुवेत स्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाको प्रमुख आतिथ्तामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, लगायत गैर आवासिय संघका प्रतिनिधिहरु, कुवेत स्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि हरु एवं पत्रकार लगायत कुवेतमा कार्यरत थुप्रै नेपालीहरुको पनि उपस्थिति रहेको थियो । सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरेको थियो ।