back
stc
prabhu insurance

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ।