back
stc
prabhu insurance

हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख १२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। इन्स्योरेन्स कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित जानकारी दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट लिखित जानकारी नआएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले उल्लेख गरेको छ।