back
prabhu insurance
himalayanlife

प्रभु इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन आउन आफ्ना बीमितलाई आग्रह

काठमाडौं । प्रभु इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन आउन आफ्ना बीमितलाई आग्रह गरेको छ। इन्स्योरेन्स कम्पनीले आज एक सूचना जारी गर्दै विगतका आर्थिक वर्षहरुदेखि चालु आर्थिक वर्ष २०८१/८२ चैत मसान्तसम्म परेको दाबीहरुमा भुक्तानी लिन बाँकी बीमितलाई फर्छ्यौटका लागि आउन गरेको हो।

‘हालसम्म दाबी फर्छ्यौटका लागि आवश्यक कागजात सहित सम्पर्कमा नआएका बीमितको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको छ’, सूचनामा भनिएको छ, ‘ती दाबी फर्छ्यौटका लागि आवश्यक कागजात (कोभिड दाबी बाहेक)सहित इन्स्योरेन्स कम्पनीको नजिकको प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा वा इन्स्योरेन्स कम्पनीको काठमाडौंको तीनकुनेस्थित केन्द्रीय कार्यालयमा र सम्बन्धित सर्भेयरलाई ३५ दिनभित्र सम्पर्क गर्न अनुरोध छ।’

तोकिएको अवधिभित्र बीमा दाबी फर्छ्यौट गर्न नआएका बीमितको फाइल बन्द गरी तामेलीमा राखिने इन्स्योरेन्स कम्पनीले स्पष्ट पारेको छ।