back
prabhu insurance
himalayanlife

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो साधारण सभा आज बस्दै

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आज हुँदैछ। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन पनि सभाले गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेकोले जेठ ८ गतेसम्म कायम शेयरधनीहरू साधारण सभामा उपस्थित हुन सक्नेछन्। साधारणसभा सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ।