back
prabhu insurance
himalayanlife

राष्ट्रिय जीवन बीमा कम्पनीले बालबालिकाका लागि ल्यायो नयाँ बीमा योजना

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बालबालिकाका लागि नयाँ बीमा योजना ल्याएको छ ।काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गरी कम्पनीले बालबालिकाका लागि नयाँ बीमा योजनाको शुभारम्भ गरेको हो।

कम्पनीले बालबच्चासम्बन्धी सावधिक जीवन बीमा ‘बाल शैक्षिक योजना’ नामक नयाँ बीमा योजना शुभारम्भ गरेको छ।

कार्यक्रममा कम्पनीका बीमा व्यवसायका आधारमा उत्कृष्ट जीवन बीमा अभिकर्ताहरुका लागि पदक वितरण तथा सम्मान गरिएको छ।

कम्पनीले उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीको डिजिटल संरचना र अभिकर्ताहरुलाई प्रविधिक कार्य सञ्चालनबारेमा समेत जानकारी प्रदान गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी तालिम समेत सम्पन्न गरेको छ।

कार्यक्रममा केन्द्रीयस्तरमा र प्रदेशस्तरमा उत्कृष्ट भएका जम्मा १६ जना बीमा अभिकर्तालाई सम्मान गरिएको थियो। यसका साथै कम्पनीले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी म्यादी जीवन बीमामा उल्लेखनीय योगदान पुर्याउने वैदेशिक रोजगारी व्यवसायी संस्थालाई पनि सम्मान गरेको थियो।