back
stc
prabhu insurance

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २ लाख ९० हजार २९६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी कल्पना पाण्डेको नाममा रहेको ७३ हजार ९५१ कित्ता र काली दाश गोतामेको नाममा रहेको २ लाख १६ हजार ३४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

राष्ट्र बैंकको नियमअनुसार संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले हाल बैंकका संस्थापक शेयरधनीले मात्रै शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

बैंकले तोकेको सो समयभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।