back
prabhu insurance
himalayanlife

मेरो माइक्रोफाइनान्सको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

जसमध्ये २ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२० रुपैयाँ, ३६ हजार ८१० कित्ता शेयरको मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ र २० हजार ८५६ कित्ता शेयरको मूल्य प्रतिकित्ता ३४० रुपैयाँ तोकिएको छ।

नेपाल राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयर खरीदका लागि कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

यसका लागि अबको ३५ दिनभित्र काठमाडौंको सितापाइलास्थित कम्पनीको सम्पर्क कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।