back
stc
prabhu insurance

सिद्धार्थ बैंकलाई नेपाल धितोपत्र बोर्डले साढे २ अर्बको ऋणपत्र जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न सिद्धार्थ बैंकलाई अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ।

बैंकले कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तरबबाट बिक्री गर्नेछ भने बाँकी इकाइ १० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्। सिद्धार्थ बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।