back
prabhu insurance
himalayanlife

नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी ‘नेशनल क्यापिटल’लाई बोर्डद्वारा लाईसेन्स

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको लाईसेन्स पाएको छ। धितोपत्र बोर्डले कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो।

कम्पनीले अण्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, र कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्न सक्ने गरि बोर्डबाट लाइसेन्स पाएको हो । क्यापिटलले इस्यु म्यानेजमेन्ट र शेयर रजिस्ट्रेशन सेवाको लागि पनि धितोपत्र बोर्डमा यस अघि नै आवेदन दिईसकेको छ। सो अनुमति पाएपछि क्यापिटलले मर्चेन्ट बैंकिङ सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्ने छ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अर्पण खनाल रहेका छन् । खनाल सहितका लगानीकर्ताले सन् २०१८ मा खनाल प्रधानाङ्ग इन्भेष्टमेन्ट सर्भिसेज स्थापना गरेका थिए ।

थप पुँजी सहित प्रधानाङ्ग इन्भेष्टमेन्ट सर्भिसेजमा नेशनल लाइफ इन्स्योरेन्स भित्रिएर नेशनल क्यापिटल बनेको हो । नेशनल क्यापिटलमा नेशनल लाइफ इन्स्योरेन्सको बहुमत लगानी रहेको छ।

नेशनल क्यापिटलको अधिकृत पूँजी ३० करोड रुपैयाँ तोकिएको छ भने जारी पूँजी ३० करोड रुपैयाँ रहेको छ । हालको चुक्ता पूँजी भने २० करोड रुपैयाँ छ । भविष्यमा प्राथमिक शेयर जारी गर्ने योजना बनाएको छ ।