back
prabhu insurance
himalayanlife

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ।

यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद १ बराबर १ को अनुपातमा निष्कासन गरिरहेको छ।

हकप्रद निष्कासनका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।

हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद बाँडफाँडपछि ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।