back
prabhu insurance
himalayanlife

नेशनल लाइफ इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पाए उत्कृष्ट बीमकको उपाधी

काठमाडौं । न्यू बिजनेश एज लिमिटेडद्वारा आयोजित नवौं बिजनेश अवार्ड समारोहमा नेशनल लाईफ इन्स्योरेन्सले उत्कृष्ट जीवन बीमकको उपाधि पाएको छ। यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले उत्कृष्ट निर्जीवन बीमकको उपाधी पाएको छ।

सोल्टी होटलमा बिहीबार साँझ आयोजित सम्मान कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ को कारोबार आकार, बीमा कोष, वित्तीय सबलताको आधारमा यी दुबै बीमकले उत्कृष्ट बीमकको उपाधी पाएका हुन् ।

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स उत्कृष्ट वित्तीय संस्था, ग्लोबल आइएमई बैंक उत्कृष्ट डिजिटल बैंकिङ अवार्ड, एभरेष्ट बैंक उत्कृष्ट वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक उत्कृष्ट विकास बैंक, उपाधीबाट सम्मानित भएका छन् । यसैगरी उत्कृष्ट सार्वजनिक संस्थानका रूपमा साल्ट ट्रेडिङ कर्पोरेशन सम्मानित भएको छ।

कार्यक्रमका अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका चाचान ग्रुपका अध्यक्ष बाबुलाल अग्रवाल चाचानलाई लाईफ टाइम अचिभमेण्ट अवार्डबाट सम्मान गरिएको छ।

डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा लिमिटेडले उत्कृष्ट सूचना प्रविधि कम्पनी र औषधीउत्पादक कम्पनी नेपाल फर्मास्युटिकल्स लिमिटेडले उत्कृष्ट कम्पनीको उपाधी प्राप्त गरेको छ।