back
prabhu insurance
himalayanlife

नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स पौने ३८ लाख बढी कित्ता शेयर थपियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर पौने ३८ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ३७ लाख ८० हजार ४८० कित्ता बोनस शेयर सूचीकृत भएको छ।

गत आर्थिक वर्षमा प्रभु महालक्ष्मी लाइफले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।