back
stc
prabhu insurance

बैंकिङ क्षेत्र सुधार समितिले गर्भरनलाई बुझायो पूर्ण प्रतिवेदन

काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले सोमबार गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष सुझाव प्रतिवेदन पेश गरेको छ।कार्यदल संयोजक डा. रेवतबहादुर कार्कीले गभर्नर समक्ष सुझाव प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्र बैंकले सुझावका लागि डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सदस्य र राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिव रहने गरी सुझाव समिति गठन गरेको थियो। यो कार्यदलले यसअघि असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो।