back
stc
prabhu insurance

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज असार ३२ गते अन्तिम दिन रहेको छ। बैंक गत असार २९ गतेबाट साढे २ अर्ब रुपैयाँबराबरको ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ। जसमा १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो भने बाँकी १० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको हो।

सर्वसाधारणले यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा समपूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउने छन्। सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।