back
prabhu insurance
himalayanlife

नबिल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ऋणपत्र ‘७% नबिल डिबेन्चर २०८९’ बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो।

जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट, ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा बिक्री खुलाएको थियो।

बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएकालाई साउन १५ गते ऋणपत्र बाँडफाँड गरेको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ।