back
stc
prabhu insurance

सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश बाँड्ने गर्ने घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न क्यापिटलले असोज ९ गते १४ औँ वार्षिक साधारण सभा अपरान्ह साढे ४ बजे नक्साल काठमाडौंमा बोलाएको छ ।

कम्पनीको साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्नेछ ।

कम्पनीको साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।